काठमाडाै । ओलीसँग आलोचनात्मक सम्बन्ध राख्ने एमालेका एक प्रभावशाली नेता तथा सांसदले भने- ‘यसपटक ओलीलाई शंकाको सुविधा दिनुपर्छ, यो जनमत उनकै नाममा आएको हो । सफलता र असफलताको सबै जिम्मेवार पनि ओली नै हुनुपर्ने भएकाले कसलाई मन्त्री बनाए भनेर रोइलो गर्नु जरुरी छैन, उनको इनिङ (सुरूअात) राम्रो छ ।’
अर्थमन्त्री नपाएपछि स्वाभाविकरुपमा एमाले महासचिव पोखरेलको रुची भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुन सक्थ्यो । तर, प्रधानमन्त्री ओलीले महासचिव पोखरेलसँग ‘वान टु वान वार्ता’ गरेपछि रक्षा मन्त्रालय ‘केही समयका लागि’ भनिएको चर्चा पनि छ एमालेभित्र ।
अहिलेको संघीय मामिला मन्त्रालयलाई नै प्रादेशिक विकास समन्वय मन्त्रालयको स्वरुपमा विस्तार गरेर सबै प्रदेशको विकास निर्माणको समन्वय गर्ने शक्तिशाली मन्त्रालय खडा गरेर पोखरेललाई त्यसको जिम्मेवारी दिनेबारे समेत छलफल भएको प्रधानमन्त्री निकट एक नेताले बताए ।
प्रधानमन्त्रीले जसरी अर्थमन्त्रीमा डा. खतिवडालाई ल्याएर अर्थतन्त्र बारे चिन्ता गर्नेहरुलाई राहत दिए, त्यसैगरी भौतिक पूर्वाधार मन्त्रालय रविन्द्र अधिकारीलाई दिए भने आश्चर्य हुने छैन । किनकि संसदको विकास समितिको सभापति भएर अधिकारीले विकासका मोडालिटी र बजेट खर्चका बारेमा राम्रो विज्ञता हासिल गरेका छन् ।