काठमाडाै । पात्रका सन्दर्भमा भन्दा पनि र योग्यता अनि विज्ञताका सन्दर्भमा पनि प्रधानन्त्रीले बढी सरोकार राखेको उनका सहयोगीहरु बताउँछन् । जस्तो कि उनले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा चयन गरेका बिष्णु रिमाल उनको स्पिरिट बुझेर काम गर्ने कामकाजी नेता हुन् । त्यस्तै परराष्ट्र र सुरक्षा मामिला समेत हेर्ने गरि भारत लगायतका देशको जस्तै राष्ट्रिय सुरक्षा सल्लाहकारमा उनले राजन भट्टराई नियुक्त गर्ने सम्भावना छ । ओलीले आफ्नो सचिवालय समेत अहिलेसम्म पूर्णता नदिनुको पछाडि पनि निर्विवाद र लोभलालच नगर्ने पात्रहरुको खोजी भइरहेको अर्थमा लिइएको छ ।
कतिपयले प्रधानमन्त्री ओलीले यसपटक देशको विकास र सम्वृद्धिका सन्दर्भमा मलेसियाका मोहम्मद महाथिरको जस्तो मोडल अबलम्बन गर्ने अनुमान समेत लगाइसकेका छन् ।
ओली आफैं पनि मलेसियाका महाथीर मोडलका प्रशंसक हुन् । एउटा व्यक्तिले चाहृयो भने देश बनाउन सक्छ भन्ने ओलीको दृढ इच्छाशक्ति छ । तर, उनले भनेजस्तै उनीसँग समय भने सीमित छ ।