तरहरा / सुनसरीको इटहरी स्थित रोयल रिर्सोटमा भएको १६ वर्षीया बालिका बलत्कारका आरोपित दुई जनालाई पूर्वपक्षका लागी थुनामा राख्न सुनसरीका जिल्ला न्यायधिसले आदेश दिएका छन । बलत्कार आरोपित धरानका जबक लिम्वु र विराटनगरका मनिष श्रेष्ठलाई पूर्वपक्षका लागी थुनामा राख्न जिल्ला न्यायधिस विनोदकुमार गौतमले आदेश दिएका हुन । थुनामा राखी अनुसन्धान गर्ने भन्दै दुबैलाई बुधवार न्यायधिस गौतमको एकल इजलासले आदेश दिएको हो । यस अघि नै बलत्कार मिलापत्र गराउँन संलग्न रहेको भन्दै सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझी र इटहरीका इन्स्पेक्टर चिरन्जीवि दाहाल निलम्बन गरेको छ ।