काठमाडाै । नाता प्रमाणित सामान्य प्रक्रिया हो । यसका लागि कुनै शुल्क तिरिराख्नु पर्दैन । तर आमाको नागरिकता बनाउन जुटेका छोराहरुसँग नाता प्रमाणितका निम्ति वडाध्यक्षले १ बिघा जग्गा मागेको समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

कृष्णनगर नगरपालिका–६ का वडाध्यक्ष देवानन्द शुक्लाले नाता प्रमाणित गर्न एक बिघा जग्गा दिनुपर्ने सर्त राखेका हुन् । वडाध्यक्ष शुक्लाले कर्मागाउँकी दुलारमती कुर्मीसँग नाता प्रमाणितकै लागि १ बिघा जग्गा मागेपछि हुन सकेको छैन । अन्नपूर्णका अनुसार वडाध्यक्ष शुक्लाले जग्गा नदिँदासम्म सिफारिस गर्ने अडान लिएका छन् ।

‘वडाध्यक्षले नाता प्रमाणित गर्न १ बिघा जग्गा माग्नुभयो,’ कुर्मीका छोरा सोमइले अन्नपूर्णसँग भनेका छन्, ‘हामीले जग्गा दिन सकेनौं । त्यसैले सिफारिस रोकिएको छ ।’ गाउँ विकास समिति हुँदादेखि नै नागरिकता बनाउन प्रयास गरेको तर नबनेको गुनासो उनको छ । ‘बुढेसकालमा नागरिकता बनाऊँ भन्ने धोको थियो, अधुरै रहने भयो,’ कुर्मीले भनिन् ।