झापा : झापा र मोरङको सीमा मावाखाेला किनारमा एक बालकको शव फेला परेको छ। बालुवा निकाल्दा बनाइएको खाल्डोमा परेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्दाजी १०/११ वर्षको जस्तो देखिने बालक मृत भेटिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए । ‘बालकको पहिचान खुलेको छैन’ उनले भने, ‘आफन्तको खोजी गर्ने र घटनाबारे थप अनुसन्धान भइरहकाे।’

बुधबार अपराह्न बालकको शव फेला परेको दमक नगरपालिका–३ का वडाध्यक्ष नविन बरालले जानकारी दिए।  जिल्ला समन्वय समिति मोरङले खोला बगरमा उत्खननका लागि अनुमति दिएका कारण सो घटना भएको भन्दै स्थानीयवासीहले विरोध गरेका छन्।