काठमाडाै । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्याबिनेट मन्त्री राख्ने तयारी थालेको छ ।
संघीय शासनमा सफलता हासिल गरेको मलेसिया, अस्टेलिया र क्यानडाको सिको गरेर प्रधानमन्त्रीलाई सघाउने गरी छुट्टै मन्त्री राख्न गृहकार्य थालिएको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयलाई चुस्त राख्न तथा केही महत्त्वपूर्ण जिम्मेवारी दिनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना वरिष्ठ मन्त्री राख्ने भएपछि त्यसको व्यवस्थापन थालिएको हो ।