तेह्रथुम/तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका उदयनारायण दाहाल पाँच वर्षदेखि फलामे खोरमा थुनिएका छन् ।
मानसिक सन्तुलन ठिक नभएका ३४ वर्षीय दाहाल उपचारको लागि खर्च अभावमा फलामे खोरमा थुनिएका हुन् । बैदेशिक रोजगारीको क्रममा २०६३ सालमा दुवाई पुगेका दाहालले १० महिनापछि मानसिक सन्तुलन गुमाउनु परेको थियो । मानसिक सन्तुलन गुमाए पछि उनलाई घर फर्काईएको थियो ।
दाहालको उपचारका लागि परिवारले ५ लाख रुपैयाँ खर्च गर्दा पनि ठिक नभएको बुवा चुडामणी दाहालले बताए । आर्थिक रकमको अभावमा थप उपचार गर्न परिवारले नसक्ने भएपछि दाहाललाई परिवारले पाँच वर्ष देखि फलामको खोरमा थुनेर राखेका छन ।
छोराको उपचार र उद्धारका निम्ति सहयोग गरिदिन आमा मैना दाहालले अनुरोध गरेकी छिन् ।