बिर्तामोड –  झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले मुटु रोगीको उपचारका लागि क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ।

अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा सुरु गरिएको मुटु रोग विशेषज्ञ डाक्टर राजेश पञ्जियारले जनाकारी दिए। उनले यो सेवाको सुरुपछि मुटु उपचारका लागि भारत तथा काठमाडौं जानुपर्ने बाध्यता हटेको बताए। डा पजियारको टिममा पाँच जना विशेषज्ञ डाक्टर छन् ।

अस्पतालले अत्याधुनिक उपकरण भित्र्यिाउने क्रम जारी रहेको कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए। ‘बिरामीलाई गुणस्तरीय सेवा दिनुनै हाम्रो मुख्य काम हो,’ उनले भने, ‘त्यसका लागि अस्पतालमा विशेषज्ञ चिकित्सक सहित विश्वस्तरीय प्राविधि भित्रि रहेका छन्।’

२८ करोड मुल्य बराबरको क्याथ ल्याब मेशिन ल्याएसंगै अब मुटु सम्बन्धि समस्याका विरामीको रोगको छिटो पहिचान गर्न सकिने कार्यकारी निर्देशक प्रसाईले बताए ।