नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि यस क्षेत्रमा आवद्ध कति कलाकारहरु छन् जसले भने जस्तो लोकप्रियता र चर्चा कमाएका छैनन् । तर मात्र दुई चलचित्रको सफलताले अहिलेकी हट केक र चर्चित बनेकी भाग्यमानी नायिका हुन् साम्राज्ञी ।
ड्रिम्स र ए मेरो हजुर २ को सफलताले रातारात स्टार बनेकी साम्राज्ञी त्यती बिवादमा नआएकी नायिका हुन् तर पछिल्लो समय दुई काण्डले भने केही आलोचित बन्न पुगिन् । संबेदनशिल अंगमा खोपिएको ट्याटु काण्ड र गाउँले रोल मन पर्देन भन्ने अभिव्यक्ति दिएको भन्दै उनी धेरैको आँखाको तारो बनिन् ।
हुन त उनले यी दुबै प्रसंगको स्पष्टीकरण दिईसकेकीछिन् । तर पनि हिजो तिमी संगको टे«लर रिलिज कार्यक्रममा उनले यी दुब कुरामा प्रश्नहरुको सामना गर्नु पर्यो । ट्याटु काण्ड र गाउँले रोल मन पर्देन भन्ने प्रसंगमा उनी मिडियाप्रति निकै आक्रोसित बनेकी थिईन् ।