तेह्रथुम/लालीगुराँस नगरपालिका–८ सोल्मा कालिमाटीका अग्नी पिडितहरुलाई आज विदेशमा रहेका नेपाली दाजुभाईहरुले संकलन गरेको राहत प्रदान गरिएको छ ।
तीनजुरे मिडिया ग्रुप प्रभास नेपालका सदस्यहरुबाट संकलन गरिएको राहत अग्नी पिहितहरुलाई हस्तान्तरण गरिएको हो । अग्नी पिहितहरुलाइ १९ हजार ५ सय बराबरको कम्वल, खाध्यान्न, नुनतेल लगायतका सामान हस्तान्तरण गरिएको प्रभास नेपालका सल्लाहकार सदस्य चेतनाथ सापकोटाले जानकारी दिए । राहात सामाग्री लालिगुराँस नगरपालिका बडा नम्वर ८ का वडा अध्यक्ष तुलसीराम खनाल, कान्तिपुर पत्रिकाका तेह्रथुम समाचारदाता चन्द्र कार्कीले हस्तान्तरण गरेका थिए । यसै गरि कालापानी रिसोर्टका सञ्चालक धर्म खड्काले पनि नगद १ हजार प्रदान गरेका छन । गत मंगलबार दिउसो लागलागी हुदा गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नेत्र प्रसाद अधिकारी, एकराज तिम्सिना, गुरुप्रसाद लुईटेल र लोकनाथ न्यौपानेको घर जलेर नष्ट भएको भएको थियो ।
आगलागीबाट करिव ४४ लाख २७ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।