धनकुटा/धरान धनकुटा सडक खण्ड अन्तरर्गत भेडेटार मुलघाट सडक खण्डको घण्टेमाभएको सडक दुर्घटनामा परि २ जना सडक हेरालुको घटना स्थल मै मंगलवार मृत्यु भएको छ । धरानवाट धनकुटा तर्फ आईरहेको ना.५ ख. १९२५ नम्वरको मालवाहक ट्रक घण्टेमा स्काभेटर लिएर आउने क्रममा ब्रेक फेल भै दुर्घटना हुँदा २ जना सडक सफागरिहेका सडक हेरालुको घटना स्थल मै मृत्यु भएको हो । दुर्घटनामा परि साँगुरीगढी गाउँपालिका वडा नं.७आस्कोट घर भएकावर्ष ५५ का वीरवहादुर राई र वर्ष ४५ का रामजीत राई रहेका छन् । दुर्घटनामा अन्यचार जनागम्भिर घाईते भएको मुलघाट प्रहरी चौकीले जनाएको छ । दुर्घटना साँगरीगढी गाउँपालिका वडा नं.६ घण्टेमाभएको हो । दुर्घटनामा परि घाईतेहुनेहरुमा ट्रक चालक रामेछाप मन्थली घर भएका ४५ वर्षिया देवकुमार लामा,सह–चालकमकवानपुर घर भएकावर्ष २० का समन तामाङ, स्काभेटर लिएर धनकुटा आएका स्काभेटरका संचालकवागमतीगाउँपालिकाका राजेश घिमिरे, धादिङ घर भएका रमेश भण्डारी गम्भिर घाईते भएका छन् । घाईतेहरुको उपचार धरान स्थित् विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भै रहेको प्रहरीले जनाएको छ । स्काभेटर सहितमालवाहक ट्रक सडकवाट ५० मिटर तल घण्टे खोलामाझरेको प्रहरीले जनाएको छ ।