शनिश्चरे/मोरङको पथरीशनिश्चरेका सिटी सफारी चालकलाई मरणासन्न हुने गरी कुटपिट गर्ने २ युवामाथि प्रहरीले कुटपिट अंगभंग मुद्धा चलाएको छ ।
पथरीशनिश्चरे ३ का सिटी सफारी चालक ४६ वर्षीय खेमप्रसाद खरेललाई कुटपिट गर्ने सुनसरीको धरान ८ का युवराज ठकुरी र गोपाल ठकुरीमाथि मुद्धा चलाइएको हो ।
केही दिन अघि ठकुरी दाजुभाई चढेको स्कुटरले वडा नम्बर ७ को पथरी डाइनियाँ सडकखण्डमा खरेलको सिटीसफारीलाई ठक्कर दिएको थियो । आफुहरुलाई बाटो नछोडेको भन्दै दाजुभाईले उल्टै चालक खरेललाई कुटपिट गरेका थिए । कुटपिटबाट खरेलको नाँक भाँच्चिनुका साथै टाउको र जीउमा चोट लागेर न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको पथरी प्रहरी प्रमुख विजय श्रेष्ठले जनाए ।