तरहरा/ बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आएको युएस–बंगलाको जहाज र्दुघट्नामा परि मृत्यू भएका यात्रुहरुको आत्माको चिरशान्तिको कामना एवं प्रार्थना गर्दै बुधवार तरहरामा ममवत्ती वालेर श्रद्धाञ्जली सभा कार्यक्रम गरीएको छ ।

नवीन गुरुङ सोल्टीको संयोजनमा बुधबार साँझ इटहरी २० तरहरामा श्रद्धाञ्जली शोक सभा गरियो । सो अवसरमा, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरियो ।

काठमाण्डौंबाट आएकी हाल यति एयरलाईन्सकी पाईलट क्याप्टेन सोनम छुकी शेर्पाको विशेष आतिथ्यमा भएको कार्यक्रममा सहभागिले एक मिनेट मौध धारण गरिसकेपछि श्रद्धाञ्जली अर्पण गरे ।

क्याप्टेन शेर्पाले विभिन्न कारण हुने र्दुघट्नामा पाईलटहरुलाई मात्र दोषी देखाईनु नहुने विचार राखिन् । उनले तथापि यस घट्नामा भने पाईलटहरुको कमजोरी देखिएको हुनसक्ने बताईन ।