विराटनगर/ विराटनगर महानगरपालिका क्षेत्रमा विकास निमार्णको काम धमाधम भइरहेको छ । महानगर क्षेत्रमा सञ्चालित भएको विभिन्न परियोजना अन्तर्गतको विकास निमार्णको कामहरु धमाधम भइरहेकोे हो ।
[caption id="attachment_76370" align="aligncenter" width="4096"] महानगर क्षेत्रमा निमार्ण कार्य भइरहेको सडक ।[/caption]तीन वटा परियोजनामार्फत सडक तथा ढल निमार्णको कामहरु महानगरपालिका भित्र भइरहेको छ । मझौला सहरी एकीकृत सहरी वातवरण सुधार परियोजना, क्षेत्रीय सहरी विकास सहन परियोजना अन्तर्गतका सडकहरुको काम धमाधम भइरहेको महानगरपालिकाले जनाएको छ । क्षेत्रिय सहरी विकास परियोजना अन्तर्गत निमार्ण कार्य सुरु भएको तीन महिनामा १५ प्रतिशत सडक निमार्णको काम पुरा भएको विराटनगर महानगरपालिकाको प्रमुख भिम पराजुलीले जानकारी दिए । उक्त परियोजना अन्गर्तत विराटनगर महानगरपालिका क्षेत्रको ७४ किलोमिटर सडक कालोपत्र हुनेछ । दुई वर्षमा सम्पन्न गर्ने परियोजनाको सडकहरु फुटपातसहितको ४० एम.एम. मोटाइको स्पायल कङकिड रहने विराटनगर महानगरपालिको बरिष्ठ इन्जिनियर भरत न्यौपानेले जानकारी दिए । यस परियोजना सम्पन्न गर्न २ अर्ब ६१ करोड १० लाख ९२ हजार २ सय ९४ रुपैयाँ ठेग्गा दिएको हो ।
[caption id="attachment_76371" align="aligncenter" width="960"] निमार्ण कार्य भएको सडकको बारेमा जानकारी दिदै ।तस्विर : ब्लाष्ट अनिल श्रेष्ठ[/caption]
महानगरपालिका भित्र आउँदो पाँच वर्ष भित्र कम्तीमा ५ सय किलोमिटर सडकलाई कालोपत्र गर्ने जनाएको छ । विराटनगर १ भट्टाचौकदेखि परोपकार घाट सम्म पिच सडक निर्माण कार्य तिव्र गतिमा भैरहेको छ । यस्तै वडा २ को पोखरीया त्रिवेणी मार्गदेखि परोपकार घाटसम्म नाला पिच बननाउने कार्य अन्तिम चरणमा पुगेको छ । यस्तै ३ नम्बर वडाकोे पुष्प मार्ग, कञ्चनबारी मार्ग, सिभिलम मार्गमा पिच तथा नाला बनाउने कार्य अन्तिम चरणमा पुगेको महानगरपालिकाले जनाएको छ । यस्तै ५ नम्बर वडाको शिरोमणी पथ, दिल्ली पब्लीक स्कूल जाने सडक, नाला, जानकी पथको पिच , नाला वार्ड नम्बर ६ को केशलिया सडक, वार्ड नम्बर ११, १२ को पाञ्चाली मार्ग, वडा नम्बर १२ को महेन्द्र मोरङ कलेज, चेङबारी पैनीको नाला, दरैया सडक नाला, रानी सडक, नाला निर्माण कार्य तिव्र रुपमा भएको प्रमुख पराजुलीले बताए ।
विराटनगर महानगरपालिका भित्र क्षेत्रीय शहरी विकास परियोजनाको १५ प्रतिशत, मझौला शहरी एकीकृत वातावरणीय सुधार परियोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिका वरिष्ठ इन्जिनियर भरत न्यौपानेले जानकारी दिए ।
परियोजना अन्गर्तगत धमाधम निमार्ण भएको सडक निमार्णको बिहीबार विराटनगर महानगरपालिकाको प्रमुख भिम पराजुली, उपप्रमुख इन्दिरा कार्कीसहित, महानगरपालिको इन्जिनियर तथा सञ्चारकर्मीहरुले अनुगमन गरिएको थियो ।
महानगर क्षेत्रमा सुरु भएको परियोजना सम्पन्न भएपछि विराटनगरको सडकहरु नमूना सडकको रुपमा परिणत हुने प्रमुख पराजुलीले बताए । महानगर क्षेत्रमा सुचारु भएको निमार्ण कार्यको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रमुख पराजुलीले बताए । गुणस्तरहीन काम गरेको पाइए नगरबासीलाई खबरदारी गर्न प्रमुख पराजुलीले आग्रह गरे । उनी भन्छन्, ‘यो परियोजना समग्र नगर बिकासको हो । यस्तो उत्साहजन काममा नगरबासी सबै जागरुप हुनुर्पछ ।’
निमार्ण कार्यको अनुगमनपछि महानगरपालिको स्थानिय तहमा जनप्रतिनिधीहरु आएपछि गरेको काम आगामि दिनमा गर्ने योजनाहरु सार्वजानि गरेको छ । महानगरपालिकाले पत्रकार सम्मेलन गरी कार्यभाग समालेदेखीको काम र आगमी दिनमा गर्ने कार्य योजनाको बारेमा जानकारी दिएका हुन् ।
महानगरपालिकाले जनप्रतिनिधीहरु आएपछि गरेको कामको २५ बुद्धे उपलब्धीहरु सार्वजानिक गर्यो । जसमा महानगरपालिका र सुरक्षा निकाविचको सहकार्यमा नगरलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन शान्ति सुरक्षा अभियान सञ्चालन गरेको, गत साउनमा आएको अबिरल वर्षाका कारण बाढी र डुवानाट भएको क्षतिको व्यवस्थापन गरिएको, महानगरपालिको समग्र विकासमा पु¥याउन सबै विषयगत कार्यालयहरुसँग समन्वय र सहजिकरण गरिएको लगायतको विभिन्न काममको उपलब्धीहरु गरेको प्रमुख पराजुलीले बताए ।
महानगरपालिका आगमी दिनमा गर्ने कामको ३८ बुद्धे योजनाहरु समेत सार्वजानिक गरेको छ । जसमा शहरी विकास तथा भवन निमार्ण विभागको सहयोगमा प्रदेश स्तरीय सभाहल निमार्णका लागि जग्गा उपलब्ध गराइ निमार्ण पुरा गराउने, सघन सहरी आयोजना अन्गर्तत थप १५ वटा सडक निमार्णका लागि विशेष पहल गर्ने, घोगाहा पैनिलाई बैकल्पिक सडकको रुपमा विकास गर्ने नला नमिार्ण भैइरहेको र गुणस्तरीय साइकल ट्रयाक सहित सडक निमार्ण सम्पन्न गरिने, वडा नम्बर २-७ सिमानामा घोगाहा पैनीमा कार्ययोजना सहितको आधुनिक पार्क निमार्ण सुरु गरिने, नगर बस संचालनको लागि नगर प्रवेशद्धार मदन प्रावि हुँदै पुुष्पलाल चौक सडक विस्तार तथा स्तरोन्नती गर्ने रहेको छ । त्यस्तै घोगाहा पैनिको शनिहाट देखी सिंगिया खोलासम्म बहुउपयोगी पार्क निमार्ण कार्य प्रारम्भ गरिने, वडा नम्बर ५ मा शहरी स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना गरिने, वडा नम्बर १२ र १५ मा रहेको स्वास्थ्य केन्द्रमा १५-१५ वेडको स्वास्थ्य केन्द्रको रुपमा विकास गरी अति विपन्न, सिमान्तकृत परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, १९ वडाको स्वास्थ्य केन्द्रमा १५ शैयाको मातृ शिशु कल्याण केन्द्र स्थापना गर्ने, खेलकुद पूर्वाधार विकासका लागि विराटनगर १९ स्थित झापा बैजानाथपुरको जग्गालाई गुरुयोजना बमोजिम निमार्ण कार्य संचालन गर्ने, नगरमा रहेको सबै ऐलानि जमिनहरुको पहिचान गरी संरक्षण गर्ने, सिंगीया तथा केशलियामा रहेको सुकुम्बासी, बाढी पीडित परिवारको विद्युतिय तथ्याङ संकलन (जिआईएस) गरी परिचय पत्र वितरण गर्ने र सो को दीर्घकालिन सामाधनको लागि महानगर आवास योजना कार्यान्वयन गर्ने, प्रदेश स्तरीय बसपर्का निमार्णका लागि विराटनगरको उत्तर क्षेत्रमा जग्गा प्रादान गर्ने रहेको छ । त्यस्तै नगर क्ष्गेत्रमा संचालित सिटी रिक्सालाई लाईसेन्सको दायारमा ल्याउन महानगरपालिकाले लाईसेन्स लिने-दिने व्यवस्था गरी नगरवासीलाई सुरक्षित सवारीको प्रत्याभूति गाराउने, नगर क्षेत्रको विभिन्न स्थानमा सार्वजानिक शौचालय बनाउने, विभिन्न सार्वजानिक स्थान र मानिसको धेरै आवत-जावत हुने स्थानमा फ्रि वाइफार्इ जडा नगरिने, राजमार्गले छुने सबै ग्राभल बाटो पिच गर्ने लगायतको योजनाहरु रहेको छ ।