तरहरा । मुख्य हाईवेयमा यात्रा गर्दा बाटो काट्न बनाइएका जेब्राक्रसमा सवारीसाधनहरुको हेलचेक्राईका कारण नामै मात्रको हन पुगेको छ । जेव्राक्रसमा पनि सवारी चालकहरुले तिव्र गतिमा सवारी हुँईकाउने गर्छन । पैदल यात्रुको सहजताका लागि बनाइएका जेब्राक्रस अहिले नामै मात्रको हुन पुगेको पैदलयात्रुहरु बताउँछन । शहर बजारका सडकहरुमा सेतो रगंका धर्सा बनाएर बाटो काट्न जेब्राक्रस बनाइएका हुन्छन् । पैदल यात्रुका लागि बनाइएका यस्ता जेब्राक्रसमा पैदल यात्रुलाई बाटो काट्न पहिलो प्राथमिता दिनुपर्छ । तिव्र गतिमा गुड्दै गरेका सवारीले पनि यस्ता जेब्राक्रसमा रोकेर पैदल यात्रुलाई सहज बनाउँनु पर्ने भए पनि सवारीचालकहरुले वास्ता नगर्ने गरेको इटहरीका पैदलयात्रु पिपिन पराजुलीले वताए । उनले भने सवारीचालकहरुले सामान्य नियम समेत पालना नगरी सवारी कुदाउँछन् उनले थपे । सडकमा सवारी गुडाउने चालकहरुले यसलाई कुनै ख्यालै नगरी सवारी हुँईकाउने गरेको पाईन्छ । जेब्राक्रसबाट बाटो काट्दा पनि सवारीले ठक्कर दिन्छ कि भन्ने त्रास पैदल यात्रुलाई हुने गरेको छ इटहरीमै भेटिएका अर्का पैदलयात्रु हरि घिमिरेले वताए । सडकमा जेब्राक्रसमा यात्रा गर्न पैदल यात्रुलाई पहिलो प्राथमिकता हुने भए पनि सवारी चालकहरुको लापरवार्ही भएकै कारण समस्या ज्यू को त्यू छ उनले भने । यात्रुको बढि भिड हुने सडकमा बाटो काट्न जेब्राक्रस र लाईटको व्यवस्था गर्नुपर्ने हो । तर त्यो पनि गरेको पाईदैन । सडकमा बनाइएका जेब्राक्रसहरु पनि मेटिएर देख्नै गाह्रो अवस्था पुगेका छन् । ठुलो अक्षरमा देख्ने गरी चिन्ह र सडकमा स्पष्ट देखिने गरी जेब्राक्रस बनाउनुपर्ने पैदल यात्रु मोहन ढुंगानाको सुझाब छ । मूख्य हाईवेयमा सवारीसधानहरुलाई जनचेतना गराउँनुको विकल्प नरहेको उनको भनाई थियो । पूर्व क्षेत्रीय टफिक प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार लम्सालले जेब्राक्रसमा पैदल यात्रुहरुको पहिलो प्रथामकिता हुने वताए । यस्ता सवारीलाई कार्वार्हीको दायरामा ल्याउँने उनको भनाई थियो । तर टफिक प्रहरीले पनि यो कुरामा खासै ध्यान दिएको पाईदैन । जेब्राक्रसमा पनि जथाभावी सवारी कुदाएर पैदल यात्रुलाई दुःख दिने चालकहरुलाई टफिक प्रहरीले कारबाही गरेको देखिदैन । सडक सबैको हो । सडकमा गुड्ने सवारी, पैदल यात्रु दुवैको समान अधिकार हुन्छ । तर नियमन गर्ने नियकाले प्रभावकारी नियमन गर्न नसक्दा पैदल यात्रुहरुले सास्ती भोग्न बाध्य छन् । तसर्थ सम्बन्धित निकायले चासो दिन आवश्यक छ ।