पाँचथरको कुम्मायक गाउँपालिका कार्यालयले अबेवस्तीत बजारलाई ब्याबस्थीत गर्न चासो देखाएको छ ।
बजारको भीरालो र जोखिम युक्त सड्कलाई व्यबस्थीत गर्नका लागि कार्य बिधि बन्दै गरेको जनाउँदै आएको कार्यालयले पछिल्लो समयमा बजार प्रबेश गर्ने बैकल्पीक सडककाे व्यबस्था गरेको छ । बजारमा बैकल्पीक सडककाे प्रयोग नहुदा दुर्घटनाकाे सम्भावना बढेको भन्दै व्यबसायहरुले पटक–पटक ध्यानाकर्षण गराएपछि गाउँपालिकाले बैकल्पीक सड्कलाई सञ्चालनमा ल्याएको हो । बजारको साँघुरो र भीरालो सडकमा ठुला सवारी साधनहरुले दृर्घटनाका घटना बढाएको भन्दै बैकल्पिक सडककाे प्रयोगलाई कडाईका साथ लागु गर्न लागेको वडा न. १ का वडा अध्यक्ष देबेन्द्र लावतीले बताए । उत्तरे, यासोक, लुमुघाट हुदै तेह्रथुम जिल्लासम्म जोड्ने सडक अन्तरगत यासोक बजार खण्डको सडक बिस्तार गरिएको उनले बताए । सड्कमा परेका घरघडेरीहरु हटाएर ६ मिटर सडकलाई चौडा बढाएको र आवश्यकता हेरी पक्की सडककाे हकमा ८ मिटर देखी १० मिटर सम्म जाने उनले बताए ।
आर्थिक बर्ष २०७४/७५ मा गाउँपालिकाले बजार बिस्तारको लागि ५० लाख रुपयाँ रकम बिन्योजन गरेको छ । जसको काम यही आर्थिक बर्ष भित्रै पुरा गर्ने लक्ष्य राखेको छ । बजार अतिक्रमण गरि निर्माण गरिएका घर र टहराहरुलाई हटाई बजार बिस्तार गर्न लागिएको गाउँपालिकाले जनाएको छ । कार्यालयको तथ्याङक अनुुसार कतिपय घर घडेरी सडक ऐन बिपरीत निर्माण भएका छन् । जसलाई तत्काल नहटाए बजार बिस्तारमा चुनौती देखा पर्छ । गाउँपालिकाले कार्यबिधि बनाएर मात्रै बजार बिस्तारको काम अघि बढाउँने गाउपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । बजार अबेबस्थीत हुदा सबै पक्षलाई असर गरेको छ, ब्याबसाहीहरुले सडकलाई असर पर्ने गरी बनाएका संरचनाहरु व्यबस्थीत नहुदा दिन प्रतिदिन बजार अस्तव्यस्त छ, । उनले भने, । बजार व्यबस्थीत गर्न कार्यालयले कार्यबिधि बनाएर अघिबढ्न लागेकोे छ । यसलाई गाउँपालिकाले कडाईका साथ लागु गर्छ, । चेम्जोङले भने ।
२०१६ सालमा यासोक बजारको स्थापना भएको थियो । सो बेला बनेको बजार कमिटिले मनोमानी ढंगले घरघडेरी बिक्रि बितरण गरेका कारण यस्तो समस्या आएको कतिपय जानकारहरु बताउँछन् । दिनप्रतिदिन बजारको सहरी करण अव्यबस्थित रुपमा बढ्दै गएको भन्दै पछिल्लो समयमा गाउँपालिका, उधोग बाणिज्य संघ र हालै गठन गरिएको यासोक बजार व्यबस्थापन तर्दथ समितिले बजार बिस्थारमा चासो दिएको हो । तत्काल बजार बिस्तार गर्दा कतिपय व्यबसाहीहरुले क्षति बिहोर्नु पर्ने देखिन्छ । बजारमा ढलनिकाश र खानेपानीको पाईप बिस्तारको काम बजार ब्याबस्थीत नभए सम्मको लागि स्थगीत गरिएको छ । जसको प्रत्क्षय असर तमोर लिफ्ट खानेपानी आयोजनालाई परेको आयोजनाका निर्माण ब्याबसाही सन्तोश बस्नेतले बताए । पानीको पाईप बिस्तार गर्नका लागि बजारको दुबै साईटमा पाईप बिस्तार गर्नुपर्ने हुन्छ । तर त्यसका लागि गाउँपालिकाकाले बजारलाई व्यबस्थीत गरेर मात्रै बजारमा पाईप बिस्तार गर्न आग्रह गरेकाले यस्तो समस्या भएको उनले भने ।