इलाम, ओखलढुङ्गा/ इलाम र ओखलढुङ्गामा शनिबार आगलागीबाट २४ लाख बराबरको क्षति भएको छ।

इलामको माईजोगमाई-६ प्याङ बस्ने डम्मर बल्वभ अधिकारीको घरमा शनिबार दिउँसो ३ बजेतिर घरमा भएको दुध डेरीमा बालेको आगोबाट अचानक लागेको आगोले उनको २ तले घर, डेरी छुर्पी बनादउने मेसिन तथा सम्पूर्ण समानसमेत जल्दा अन्दाजी १३ लाख ६२ हाजर बराबरको क्षति भएको छ।

आगलागी स्थानियको सहयोगमा १ घण्टा पछी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय नयाँबजारले जनाएको छ।

यता ओखलढुङ्गाको लिखु गाउँपालिका-१ बस्ने जित बहादुर बोगटी घरमा समेत शनिबार आगलागी भएको छ। दिउँसो ३ बजेतिर अचानक लागेको आगोले उनको ६ वटा बाख्रा, २ वटा पाठा जलेर मरेका छन् भने आगलागीबाट घर तथा घर भित्र भएको अन्नपात, लताकपडा, र नगद २५ हजार समेत जल्दा ११ लाख बराबरको क्षति भएको छ।

सोही आगोबाट नजिकै रहेको बिमिरे सामुदायिक वनमा समेत आगलागी सुरु भएको जानकारी प्राप्त भएको छ। आगलागी स्थानियको सहयोगमा नियन्त्रणमा लिने कार्य भइरेहको प्रहरी चौकी चुप्लुघोराखोरीले जानएको छ।