शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरमा विकास निर्माणका कामहरु रफ्तारमा अघि बढ्दै गरेको अवस्थामा त्यहाँको वडानम्बर ७ स्थित लिच्चीडाँडा विष्णुचोक सडक कालोपत्रे कार्यको शिलान्यास भएको छ ।

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दीलिपकुमार राई, वडाध्यक्ष कपिलमणि ढकाल सहितले एक कार्यक्रमकाबीच कालोपत्रे कार्यको शिलान्यास गरेका हुन् ।

नगरपालिकाको साझेदारी शिर्षकको वजेटबाट १० लाख र उपभोक्ताको १० लाख तथा वडास्तरको वजेटको ३ लाख गरी २३ लाखको लागतमा १ हजार ६० फिट सडक कालोपत्रे हुने भएको हो ।

उता, वाँध भत्किएर सिंचाईको समस्या भोग्दै आएका नगरको वडानम्वर १० जिरिखिम्तीवासीका लागि मोरङ्गी खोलाको पैनीको बाँध निर्माण कार्यको शिलान्यास भएको छ ।

आइतबार एक कार्यक्रमकाबीच वडा सदस्य मनकुमारी विश्वकर्मा, अनोज घिमिरे र नगरपालिकाका इन्जिनियर कृष्णप्रसाद कोइरालाले संयुक्त रुपमा पक्की बाँधको शिलान्यास गरेका हुन् ।

नगरपालिका कार्यालयको २ लाख ५० हजारमा ६० घर परिवार उपभोक्ताबाट ३७ हजार ५ सय गरी २ लाख ८७ हजार ५ सय रुपैयाँको लागतमा बाँध निर्माण हुने उपभोक्ता समिति अध्यक्ष ठाकुरप्रसाद दहाल शंकरले वताए ।

गत वर्षको वाढीले बाँध भत्काएपछि उपभोक्ताहरु सिंचाईको समस्यामा पर्दै आएका थिए । हाल तात्कालिन रुपमा काम चलाउ बाँध वन्ने भएपनि अवको आर्थिक वर्षमा बजेट थप गरी वाँधलाई व्यवस्थित गर्न आवश्यक रहेको दहालले जनाए ।