शनिश्चरे/क्यान्सर रोगबाट पीडित भई निधन भएका झापाको कमल गाउँपालिका ४ का ललित तामाङको परिवारलाई इजरायलबाट नेपालीहरुले पठाएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

इजरायलबाट पथरीशनिश्चरे निवासी प्रकाश पाहिम लिम्बूले आफु र साथीभाईबाट संकलन गरेर पठाएको नगद ८७ हजार ५ रुपैंया उर्लाबारीका पत्रकार तेजन खड्काले आइतबार घरमै पुगेर ललितकी श्रीमती गोमालाई हस्तान्तरण गरेका हुन् ।

बिभिन्न सञ्चारमाध्यमा तामाङ क्यान्सर रोगबाट पीडित भई उपचारमा समस्या भएको समाचार आएपछि प्रकाशले आर्थिक सहयोग संकलन गरेका थिए । तामाङको निधन भएको खबरले दुख लागेको बताउदैं प्रकाशले परिवारको दयनीय अवस्थामा लालावालाको पठनमा सहयोग स्वरुप सहयोग रकम पठाएको अनलाइन कुराकानीमा बताएका छन् । ललितका ५ जना छोराछोरी छन् । श्रीमती पनि अपाङ्गताको अवस्थामा छिन् । सानो छाप्रे घर चुहिने अवस्थामा छ ।