१. एक पिन्ट (५६८ मिलि)  बियर उत्पादन गर्न १ सय ५० लिटर पानी लाग्छ । २. विश्वका ७८ करोड मानिसहरु स्वच्छ पानीको अभावबाट पीडित छन् । ३. मानिसको मष्तिष्कमा ७० प्रतिशत पानी हुन्छ । ४. अस्वस्थ पानीले विश्वमा हरेक घन्टा २ सय बालबालिकाको ज्यान जाने गरेको छ । ५. मानिस खाना नखाई एक महिनासम्म बस्न सक्छ । तर पानी नखाई एक हप्तापनि बस्न सक्दैन । ६. एक टन स्टील उत्पादन गर्न ३ सय टन पानी चाहिन्छ । ७. अमेरिकीहरु ट्वाइलेट फ्लस गर्नमात्र दैनिक ५.७ अर्ब ग्यालेन पानी प्रयोग गर्छन् । ८. मानिसको शरीरको ६६ प्रतिशत पानीबाट बनेको हुन्छ । ९. नासाले चन्द्रमामा बरफको रुपमा पानीको अस्तित्व रहेको पत्ता लगाएको छ । १०. अमेरिकामा एक दिनमा ४ सय बिलियन ग्यालेन पानी प्रयोग हुन्छ । ११. विश्वको ७५ प्रतिशत भूभाग पानीले भरिएको छ । १२. मानिसलाई तिर्खा लागेको अवस्थामा उसको शरीरको कूल पानीको परिमाणमध्ये १ प्रतिशत कम भएको हुन्छ । १३. विश्वका ३३ प्रतिशत मानिसले बोत्तलको पानी प्रयोग गर्छन्, यसमा लगानी भएको पैसाको हिसाब गर्ने हो भने त्यो रकम ७८ करोड मानिसलाई स्वच्छ पानी उपलब्ध गराउन काफी हुन्छ । १४. मानव शिशुको शरीरमा गर्भको पहिलो महिनामा ९० प्रतिशत पानी हुन्छ भने जन्मँदा ७७ प्रतिशत हुन्छ । १५. मानिसले एक वर्षमा १ हजार लिटर पानी पिउन सक्छ । १६. तातो पानी चिसोभन्दा चाँडो जम्छ । १७. एक कप कफीका लागि हुने कफीको बियाँ उत्पादन गर्न २ सय लिटर पानीलाग्छ । १८. एउटा सर्ट र पाइन्ट बनाउन सकिने कपास उत्पादन गर्न १० हजार लिटर पानी लाग्छ । १९. विश्वमा पाइने पानीको ९७ प्रतिशत पानी नुनिलो अर्थात् प्रयोग गर्न नमिल्ने खालको छ । २०. एउटा उँटले १० मिनेटमा ३५ ग्यालेन पानी पिउन सक्छ । २१. अफ्रिकामा मात्र पानी संकलन गर्न ४० अर्ब घण्टा प्रयोग  हुने गरेको छ । २२. सन् २०२५ सम्ममा विश्वको आधा जनसंख्यामा पानीको अभाव हुने आँकलन गरिएको छ । २३. विश्व इतिहासमा सन् २०१२ सम्ममा पानीका कारण २ सय ६५ वटा युद्ध भएको रेकर्ड छ । २४. पृथ्वीमा सन्तुलित तापक्रम कायम हुने मुख्य कारण पानी हो । २५. विकासोन्मुख मुलुकमा ५० प्रतिशत पानी चुहावट भएरै सकिन्छ । स्वास्थ्य खबरपत्रिका