सुनसरी । सुनसरीको कोसी गाउँपालिका-१ स्थित लौकही पट्रोल पम्प नजिकै बस्ने विन्देस्वर मलिकको १ तले ३ वटा घरमा आइताबर आगलागी भएको छ।
आगोमा परेर विन्देस्वरका १२ बर्षिय छोरा सुरज मालिकको मृत्यु भएको छ, ४० बर्षिय विन्देस्वर उनकै श्रीमती ३५ बर्षिय सविता मलिक घाइते भएका छन्।
साँझ ५ बजेतिर घरमा बालेको घुरबाट अचानक सल्केको आगोले उनीहरुको घर तथा घर भित्र भइको सम्पूर्ण सामान जलेर नष्ट भएको छ। मृतकको शव ईनरुवा अस्पतालको शव गृहमा राखिएको छ भने घाइते दुवै जनाको सोही अस्पतालाम उपचार भइरेहको छ।
आगलागी दमकल नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ।