सुनसरी / कोशी गाउँपालिका– १ लौकहीमा आइतबार राति भएको आगलागीमा जलेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय विन्देश्वर मरिकका छोरा १२ वर्षीय सुरज मरिक रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। लामखुट्टे धपाउन बालिएको घुरबाट घरमा आगो सल्केको प्रहरीको प्रारम्भिक अनुमान छ।

कोठामा एक्लै सुतेका बालक अागो लाग्दा भाग्न नसकेको र तत्काल उद्धार हुन नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीमा तीन वटा घर जलेको छ। तीन लाख रुपैयाँभन्दा बढी क्षति भएको प्रहरीको भनाइ छ।