पथरी कानेपोखरी गाउँपालिका वडा नं. ४ स्थीत बयरवन– खोरिया टोल जोड्ने सडकलाई कालोपत्रे गरिने भएको छ । सोमबार सडक निमार्ण समितिले एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नामबाट कालो पत्रे सडकको औपचारीरुपमा उद्घाटन गरेका थिए । यस आर्थिक बर्षमा वडा नम्बर ४ को एक मात्र ठुलो बजेटको रुपमा रहेको सडकमा गाउँपालिकाको ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानी रहने भएको छ । गाउँपालिको ३० लाख र स्थानीय उपभोक्ताको १२ लाख गरी जम्मा ४२ लाख बराबरको रकममा सडक कालोपत्रे हुन लागेको हो । प्राविधिक स्टीमेट अनुसार बयरवन बजारको रातेखोला पुल देखि पूर्व खेम राजवंशीको घरछेउसम्म ५सय ७२ मिटर कालो पत्रे गरिने निमार्ण समितिका अध्यक्ष विष्णु सुब्बाले बताए । बाटो दुवै पटिबाट ६९ घर उपभोक्तहरुबाट ३६सय ७२ फुटको लम्बाइबाट १२ लाख रुपैया संकलन गर्नुपर्ने निमार्ण समितिका सचिव दिलिप शेर्पाले बताए । निमार्ण समितिका अनुसार ५० फुटमा सिमाङकन गरेर अहिले ४० फुटलाई सडक बनाएर लगिने बताएका छन् । जुनबाटो हुलाकी मार्ग भनेर चिनिन्छ । यस अघि त्यस सडकलाई क्षेत्र नं. ३ का माननीय भानुभक्त ढकालले निरिक्षण गरीसकेको छ । निमार्ण समितिले कालोपत्रे सडक निमार्ण सम्पन्न गर्नलाई पाथिभरा टेडर्स कम्पनीलाई ठेक्का दिएका छन् । कानेपोखरी –५, घर भएका पाथिभरा टेडर्स कम्पनीका संचालक भोजकुमार श्रेष्ठका अनुसार उपभोक्ताले सोचेको भन्दा धेरै राम्रो सडक बनाउने बताएका छन् ।