मोरङ। इलाका प्रहरी कार्यालय रानीले सोमबार आगलागी नियन्त्रण सम्बन्धी एक दिने जनचेतनामुलक कार्यक्रम संपन्न गरेको छ।
मोरङको जहदा गाउँपालिका-१ स्थित दुर्गा मन्दीर चोकमा विहान ८ बजेबाट सुरु भएको उक्त कार्यक्रममा चैत्र बैशाखको सुख्खा याममा दिनहुँ बढ्दै गएका आगलागीका कारण र तथा बच्ने उपाय बारेमा स्थानियलाई जानकारी दिईएको छ।
३ सय जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा इलाका प्रहरी कर्यालय रानीले तयार गरेको आगलागी नियन्त्रण सम्बन्धी सचेतनामुलक हाते पुस्तिका समेत बितरण गरीएको प्रहरी निरिक्षक सन्तोष निरौलाले बताउनु भयो।