तेह्रथुम/ तेह्रथुमको छथर गाउँपालिका-६ बस्ने बुद्धिमान लिम्बुको दुई तले घरमा सोमबार आगलागी भएको छ।

दिउँसो १ बजेतिर घर नजिकै रहेको वनमा लागेको आगोबाट अचानक सुरु भएको आगोले उनको घर तथा घर भित्र रहेको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ३ लाख बरबारको क्षति भएको बताइएको छ।

आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको अस्थायी प्रहरी चौकी ओख्रेले जनाएको छ।