ताप्लेजुङ/ ताप्लेजुङको सिदिङवा गाउँपालिका-४ स्थित साप्लाखु बस्ने ६३ बर्षिय कमल पंन्धाक लिम्बुको सोमबार भिरबाट लडेर ज्यान गएको छ।

स्थानिय डम्बर बहादुर पंन्धाक लिम्बुको घरमा गएर फर्कने क्रममा सोही ठाउँमा रहेको काउले भिरबाट बेलुका ८ बजेतिर खसेर मृत्यु भएको जानकारी प्रप्त भएको छ।

घटनास्थलमा प्रहरी चौकी साप्लाखुबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको छ।