भद्रपुर । सवारी दुर्घटनामा परी झापाको भद्रपुमा एक जना भारतीय नागरिकको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बंगाल दालखोला निवासी हाल भद्रपुर नगरपालिका ६ मा डेरा गरि बस्ने २१ बर्षीय सुनिल साह रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । मे २ प ८२७७ नम्बरको स्कुटर चालक साह भद्रपुरबाट चन्द्रगढीतर्फ गइरहेको अवस्थामा सोही दिशातर्फ गइरहेको मे १ च २१७७ नम्बरको कारले ठक्कर दिएको थियो । भद्रपुर ८ स्थित क्याम्पसमोडमा भएको दुर्घटनामा परी गम्भिर घाइते भएका साहको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको वडाका प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जवेगूले बताए । ठक्कर दिएको कारसहित चालक ढोकल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।