विराटनगर  । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले एक नम्बर प्रदेशलाई दूध, फलफूल र मासुमा आत्मानिर्भर बनाउने बताएका छन् ।

विराटनगरमा रहेको दूध विकास संस्थान विराटनगर दूध वितरण केन्द्रको मंगलबार निरीक्षण गर्दै मन्त्री आङ्बोले कृषकले उत्पादन गरेको दूध संकलनलाई व्यवस्थीति गरी प्रदेशमा दूधसँगै फलफूल र मासुमा समेत आत्मनिर्भर बनाउने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले राजनैतिक अस्थिरताले संस्थान दुर अवस्था पुगेको हुनाले अब बामपंन्थी सरकारले यसलाई सुधार गर्दै लैजाने बताए । उनले कृषिमा आत्मानिर्भर बनाउन कुनै कसर बाँकी नराख्ने बताए । ‘प्रदेशमा अधिकाश जनता कृषि पेशामा आवद्ध छन्, ’ उनले भने, ‘कृषिलाई आधुनिकरण गर्दै यस पेशालाई आत्मनिर्भर बनाउँनेछौं । ’

प्रदेश सांसद कुसुम श्रेष्ठले एक नम्बर प्रदेश कृषिमा उर्बरभूमि भएकाले हुनाले प्रदेश सरकाले कृषि क्षेत्रमा लगानि गर्नुपर्ने बताइन् । उनले जनताका अति आवश्यक बस्तुको सेवा सहज पु¥याउन प्रदेश सरकार लागि पर्ने बताइन् ।

कार्यक्रममा बोल्दै संस्थानका टेक्निकल अफिसर दामोदर ढकालले किसान लाई प्रोत्सान गनुपर्ने निती प्रदेश सरकारले ल्याउनुपर्ने सुझाब दिए । उनले कृषि पेशालाई आत्मनिर्भर बनाउन पूर्वाधारमा लगानि गर्नुपर्ने बताए ।