मोरङ। लागूऔषध नियन्त्रण गर्ने अभियान अर्न्तगत इलाका प्रहरी कार्यालय रानीले मंगलबार थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको पथरी नगरपालिका-६ बस्ने २३ बर्षिय संचहाङ सुब्बा रहेका छन्। सुब्बालाई उक्त कार्यालयबाट खटिएको गस्ती टीलीले विराटनगर-१४ स्थित जतुवा नहरबाट साँझ ५ बजेतिर पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट १२० चक्की लागूऔषध नाइट्रोसन बरामद गरेको छ भने उनलाई लागूऔषध ऐन अर्न्तगत मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको छ।

यस्तै सोही कार्यालयबाट खटिएको प्रहरीको टोलीले सोमबार साँझ ९० हजार मुल्य बराबरको भन्सार छलेको खसी, छाला र सुपारी लगायतका सामानसहित एक भारतीय र दुई नेपालीलाई पक्राउ गरी भन्सार बुझाएको छ।