झापा/ झापाको कमल गाउँपालिका-५ स्थित शहीद रत्न प्राविमा कार्यरत शिक्षक कुलदीप ढुंगेलको बुधबार बिहान स्कुल जाने क्रममा ट्रिपरको ठक्करबाट मृत्यु भएको छ।

[caption id="attachment_47524" align="aligncenter" width="1600"] Dead body in a mortuary[/caption]

दमक ९ दमक बहुमुखी क्याम्पसनजिकै घर भएका ढुंगेल बुधबार बिहान ११.३० बजे विद्यालयतर्फ गइरहेका समयमा दमक १ देवान चोकमा यातायात कार्यालयमा दर्ता नभएको लुफा ६४९ नम्बर ९ भन्सार कार्यालयले अस्थायी रूपमा उपलब्ध गराएको नम्बर० को ट्रिपरले ठक्कर दिँदा ज्यान गएको प्रहरीले जनाएको छ। ढुंगेल मे ८ प ६४७ नम्बरको मोटरसाइकलमा सवार थिए। ठक्करबाट घाइते भएका ढुंगेलको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो।

उपचारकै क्रममा शिक्षक ढुंगेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी दीपक गिरीले जानकारी दिएका छन्।