धनकुटा ।कविर पन्थधर्म तथा साहित्य परिषद् नेपालको आयोजनामा दुई दिवसीय बृहतअन्त्तर धार्मिक महासम्मेलन एवं धार्मिक प्रवचनकार्यक्रम वुधवारबाट शहिदभुमीगाउँपालिकाको छिन्तांगमा शुरु भएको छ ।
धर्मले व्यक्तितथा समाजलाई सत मार्ग र सदाचारतर्फ उन्मुख गराउदछ तसर्थ सबै धर्महरुको सार एउटै हो भन्ने विषयलाई सवैजनामा सचेतना जगाउने उद्धेश्यले उक्त महासम्मेलन गरिएको कविर पन्थधर्म तथा साहित्य परिषद् नेपालका महासचिव नेपोलियन राईले बताएका छन् ।
महासम्मेलनका प्रमुखअतिथिको १ नं. प्रदेशका मुख्यमन्त्रि शेरधन राई रहेका थिए।महासम्मेलनलाई सम्वोधनगर्दै मुख्यमन्त्रि राईले भने अहिले देश विकास र समृद्धिको बाटोमा हिडिरहेकोे अवस्थामा विभिन्न धर्ममा आवद्ध भएकाहरुले आ–आफ्नो कला संस्कृति र साहित्यको जगेर्ना गर्न समयको माग रहेको बताए ।मुख्यमन्त्री राईले सवै जातिको भाषा, संस्कार, संस्कृति र धर्मको रक्षागर्नु प्रदेस सरकार तयार रहेको भन्दै आस्वस्तपारेका छन् । राज्यले कुनै धर्मलाई काख, कुनै धर्मलाई पाखा नगर्ने पनि मुख्यमन्त्री राईले स्पष्ट पारेका छन् ।
यसरी सवै धर्मका धर्मगुरुहरुको भेला गरेर संस्कृति चेतना र सद्भाव बाड्न कविर पन्थधर्म तथा साहित्य परिषद् सफल भएकोमा मुख्यमन्त्रि राईले शुभकामना समेत दिए ।विकास र समृद्धिको लागि प्रदेस सरकार सवै पक्षसँग सहकार्य गरेर अघि वढ्ने मुख्यमन्त्रि राईले बताए ।
विहिवार सम्म चल्ने महासम्मेलनमा कार्यपत्र प्रस्तुत,धर्मगुरुहरुबाट प्रवचन,धर्मगुरुहरुलाई सम्मानगर्ने कार्यत्ररम रहेको छ ।महासम्मेलनमा राष्ट्रिय अन्त्तराष्ट्रियका गरी ६ सय ५० भन्दा वढी धार्मिक अनुयायी तथा विभिन्न धर्मका धर्मगुरु एवं ती संस्थामा सम्वद्ध अध्यक्षहरुको सहभागिता रहेको छ । बृहतअन्त्तरधार्मिक महासम्मेलन छिन्ताङ्गमा शुरु प्रदेश सरकारले सवै धर्म संस्कृतिको रक्षागर्ने
धनकुटा ।कविर पन्थधर्म तथा साहित्य परिषद् नेपालको आयोजनामा दुई दिवसीय बृहतअन्त्तर धार्मिक महासम्मेलन एवं धार्मिक प्रवचनकार्यक्रम वुधवारबाट शहिदभुमीगाउँपालिकाको छिन्तांगमा शुरु भएको छ ।
धर्मले व्यक्तितथा समाजलाई सत मार्ग र सदाचारतर्फ उन्मुख गराउदछ तसर्थ सबै धर्महरुको सार एउटै हो भन्ने विषयलाई सवैजनामा सचेतना जगाउने उद्धेश्यले उक्त महासम्मेलन गरिएको कविर पन्थधर्म तथा साहित्य परिषद् नेपालका महासचिव नेपोलियन राईले बताएका छन् ।
महासम्मेलनका प्रमुखअतिथिको १ नं. प्रदेशका मुख्यमन्त्रि शेरधन राई रहेका थिए।महासम्मेलनलाई सम्वोधनगर्दै मुख्यमन्त्रि राईले भने अहिले देश विकास र समृद्धिको बाटोमा हिडिरहेकोे अवस्थामा विभिन्न धर्ममा आवद्ध भएकाहरुले आ–आफ्नो कला संस्कृति र साहित्यको जगेर्ना गर्न समयको माग रहेको बताए ।मुख्यमन्त्री राईले सवै जातिको भाषा, संस्कार, संस्कृति र धर्मको रक्षागर्नु प्रदेस सरकार तयार रहेको भन्दै आस्वस्तपारेका छन् । राज्यले कुनै धर्मलाई काख, कुनै धर्मलाई पाखा नगर्ने पनि मुख्यमन्त्री राईले स्पष्ट पारेका छन् ।
यसरी सवै धर्मका धर्मगुरुहरुको भेला गरेर संस्कृति चेतना र सद्भाव बाड्न कविर पन्थधर्म तथा साहित्य परिषद् सफल भएकोमा मुख्यमन्त्रि राईले शुभकामना समेत दिए ।विकास र समृद्धिको लागि प्रदेस सरकार सवै पक्षसँग सहकार्य गरेर अघि वढ्ने मुख्यमन्त्रि राईले बताए ।
विहिवार सम्म चल्ने महासम्मेलनमा कार्यपत्र प्रस्तुत,धर्मगुरुहरुबाट प्रवचन,धर्मगुरुहरुलाई सम्मानगर्ने कार्यत्ररम रहेको छ ।महासम्मेलनमा राष्ट्रिय अन्त्तराष्ट्रियका गरी ६ सय ५० भन्दा वढी धार्मिक अनुयायी तथा विभिन्न धर्मका धर्मगुरु एवं ती संस्थामा सम्वद्ध अध्यक्षहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।