धरान । संसदको बुधबारको बैठकको शुन्य समयमा मोरङ, सुनसरी, ताप्लेजुङका संसदहरुले आफ्नो क्षेत्रको समस्याबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सुनसरी क्षेत्र नं. १ बाट समानसुपातिकबाट माओवादली केन्द्रबाट प्रदेशसभा सदस्य बनेकी उमिता विश्वकर्माले धरानमा भईरहेको खानेपानी ट्यांकी निर्माणको विषयमा सरकारको ध्यानाकषर्ण गराएकी थिईन । उनले विजयपुर दरवार क्षेत्रमा बनाउन लागेको ट्या.की अन्यत्र निर्माण गरेर दरवारको संरक्षण गर्न माग गरिन ।
विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको भ्रष्टचार र कर्मचारी तथा पदाधिकारी नियुत्तिमा हुने आर्थिक चलखेल अन्त्य गर्न माग गरिन । मोरङ क्षेत्र नं. ३ का संसद राजकुमार ओझोले पूर्वाचन विश्व विद्यालयको मोरङको गोठगाउामा भएको आफ्नै जग्गामा सार्न माग गरे । ८०५ विगाहा जग्गा हुदा हुदे कार्यलय भने विराटनगरमा भाडामा राख्नु उचित नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
यस्तै मोरङ १ का सुयर्मा राईले आफ्नो क्षेत्रमा भएको सुकुम्वासी समस्या समाधान गर्न माग गरे । साथै स्थानीय खोलाहरुमा समय तट्बन्धनको व्यवस्था गरेर स्थानीयहरुलाई सुरक्षित गर्न माग गरेका थिए । यस्तै ताप्लेजुङका प्रतामप्रकाश हाङगामले आफ्नो क्षेत्रको बाटोको समस्या र तमोरमा बन्दै गरेको पुलका विषयमा सरकारको ध्यानाकर्षण गराए ।