भद्रपुर । साबाँसको पत्ताले छोपेर भारत तर्फ लैजादै गरेको नेपाली ६० हजार मूल्य बरावरको मरिच प्रहरीले बरामद गरेको छ । झापाको भद्रपुर नगरपालिका ५ देविवस्ती नाकावाट बिहीबार दिउँसो एक महिलाले लैजादै गरेको अवस्थामा प्रहरीले फेला पारेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । वडा प्रहरीवाट गएको गस्ती टोलीले शंका लागेर खेदाएपछि सामान छाडेर महिला भागेको वडाका इन्सपेक्टर प्रकाश जवेगूले बताए । बरामद गरिएको मरिच ४० किलो रहेको र नेपाली मूल्य अन्दाजी ६० हजार रुपैया रहेको जवेगूले जनाए । बरामद सामानलाई आवश्यक अनुसन्धानको लागि शुक्रबार मेची भन्सार कार्यालय काकडभिट्टा बुझाइने उनले जानकारी दिए । केहिदिन अघि झापामा तस्करी भइरहेको समाचार सञ्चार माध्याममा सार्वजानिक भएपछि नेपाल प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएसगै एक हप्ताको अवधिमा भद्रपुरवाट अन्दाजी ३ लाख रुपैया बरावरको भन्सार छलेर निकासी र पैठारी गरिएका कारोबारीको सामान प्रहरीले बरामद गरिसकेको छ ।