तरहरा । सुनसरीको इटहरीमा बालिका बलत्कार भएको गुपचुप मिलाएको घटना सेलाउन नपाउँदै पुन अर्को सामुहिक बलत्कारको घटना सार्वजनिक भएको छ । इटहरी १३ खनारकी एक बालिकालाई ३ जनाको समुहले सामुहिक बलत्कारको घटना सार्वजनिक भएको हो । घटना परीवार जनका सदस्यले उजुरी गरेपछि सार्वजनिक भएको हो यता मिलाउन स्थानिय तथा समाजले दवाव दिएको परिवारले गुनासो गरेको छ गएको मंगलबार सुनसरीको इटहरी स्थीत खनार वडा नम्बर १३ की १२ बर्षीया सुस्त मनस्थितीकी बालिकालाई ललाई फकाई ५० रुपैँया दिएर ३ युवाले सामुहकि बलत्कार गरेका छन् । स्थानिय स्कुलका एलकेजीमा अध्ययन गर्दै आएकी बालिकालाई सोही गाउँका ३ युवाले खानेकुरा किनिदिन्छु भनेर गौँ बारीमा लगेर बलत्कार गरेका थिए । ३ युवा मध्ये एक अविनास सरदारलाई भने प्रहरीले पक्राउ गरेको छ । पिडित बालिकाको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । अन्य दुई जना भन फरार रहेका छन् । पिडित वालीका लाई उपचार पछि अहिले घरमानै राखिएको छ । घटना सार्वजनिक भएपछि अहिले पिडकका आफन्त तथा स्थानियले समाज बसाएर दवाव दिएको पिडित बालिकाकी बुवा चन्दन सरदारले बताए। पिडक मध्येका एकका बुवा दनालाल सरदारले पैसामा केस मिलाउन दवाव दिएको चन्दन सरदारले बताए ्रतर आफु मिल्न नचाहेको दोषीलाई कानुनी कारबाही हुनै पर्ने उहाँले बताए।
बिहिबार विहान पनि गाउँमा समाज बसाएर आफुहरुलाई मिल्नका लागि दवाव दिएको पिडित बालिकाकी हजुर आमा सरस्वती सरदारनीले बताइन सुस्त मनस्थिती रहेकी बालिकालाई युवाहरुले फकाएर गौँबारीमा लगेर बलत्कार गरेको पिडित बालिकाकी आमा मिना कुमारी सरदारले बताइन । घटनाबारे थाहा पाएपछि दोषी मध्येका एकलाई तत्काल पक्राउ गरिएको र प्रहरीकोमा उजुरी सहित बझाईएको मिनाकुमारीले बताइन। सरदारको बाक्लो बस्ती रहेको सो क्षेत्रमा पिडित परिवारलाई आर्थिक कारोबारमा मिलाउनका लागि तिव्र दावाव स्थानियले दिएका छन् । सोही क्षेत्रका अगुवा भनिएका जोखन सरदारले बलत्कारको घटना गाउँमै मिलाउन दवाव दिएको परिवारले जानकारी दिएको छ । यता, घटनाको बारेमा जानकारी दिँदै इलाका प्रहरी कार्यालयका डियसपि राउतले जघन्य अपराध समाजमा मिल्न नसक्ने बताए ्र पक्राउ परेकालाई म्याद थप गरी कानुनी कारबाही अगाडि बढि सकेको पनि उउनको भनाइ छ ।आर्थिक प्रलोभनमा मिलाउन दवाव दिनेको विषयमा जानकारी आए उनीहरुलाई पनि पक्राउ गरी कारबाही गरिने बताए ्र एक महिना अघि पनि इटहरीमा एक बालिका बलत्कारको घटनालाई गुपचुपमा मिलाइएको घटना सार्वजनिक भएको थियो । सो घटनामा जिल्ला प्रहरी कार्यलयका सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझी र इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक पनि संलग्न रहेको पाइएको थियो । प्रहरीद्धारा गठित छानबीन समितिको सिफारिस अनुसार, तत्कालिन सुनसरी प्रहरी प्रमुख एसपी माझी र इटहरीका इनिस्पेक्टर दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको थियो ।