थाइल्याण्ड । पुर्वी नेपालका क्रियाशिल टेलिभिजन पत्रकारहरुको एक टोलीले शुक्रबार थाईल्याण्डका पर्यटन तथा खेलकुद मन्त्री विरसाक कोवसुरटसंग भेटघाट गरेका छन् ।
टोलीले राजधानी बैकंक स्थित पर्यटन मन्त्रालयमा मन्त्री कोवसुरट संग भेटघाट गरेका हुन् । भेटघाटको क्रममा थाईल्याण्डको पर्यटन क्षेत्रमा हासिल गरेको उपलब्धिको बारेमा नेपाली पत्रकारहरुको टोली संग छलफल गरेका छन् । मन्त्री कोवसुरटले थाईलेण्डमा भएको पर्यटन बिकासको बारे जानकारी दिदै नेपालमा पनि राम्रो सम्भावना भएको बताए । पर्यटन प्रर्वद्धनको क्षेत्रमा निरन्तर सफलता प्राप्त गरिरहेको थाईल्याण्डको अनुभवबाट नेपालले पनि सिक्न बिश्वास व्यत्त गरेका छन् । मन्त्री कोवसुरटले पर्यटन क्षेत्रमा थाईलेण्डले मारेको फड्को बारे जानकारी दिदै पर्यटन बिकासका लागी सरकारले मात्र नभएर स्थानिय जनताको पनि ठुलो भुमिका रहने बताए । मन्त्री कोवसुरटले पर्यटन प्रर्वद्धनमा भौतिक संरचनाका साथै होटल व्यवसायीक क्षेत्रमा पनि ठुलो लगानि गर्नु पर्ने बताए । बिकासउन्मुख राष्ट्रको रुपमा रहेको थाईल्याण्डले पर्यटन क्षेत्रमा गरेको बिकासमा थाई सरकार सन्तुष्टि रहेको मन्त्री कोवसुरटले बताए ।
नेपालको सन्र्दभमा पत्रकार टोलीसंग कुरा गर्दै मन्त्री कोवसुरटले पर्यटनको राम्रो सँभावना भएकाले नेपाल सरकारले भौतिक तथा पर्यटन आकर्षण गर्न नायाँ शैलि अपनाए बिकास टाडा नभएको बताए । सो अवसरमा टेलिभिजन पत्रकार संघ सुनसरीका अध्यक्ष सचिन पोख्रेलले पर्यटन प्रर्वद्धनको राम्रो सम्भावना बोकेको नेपालले पनि पछिल्लो समय पर्यटन बिकासमा गति लिएको बताए । पोखे्रलले नेपाल र थाईल्याण्ड बिच रहेको सुमधुर सम्बन्धलाई थप प्रगाड बनाउदै दुबै देशको पर्यटन बिकासमा अगाडी बढन सकिने मन्त्रीलाई जानकारी गराए । सो टोलीले पर्यटन मन्त्री कोवसुरटलाई टोलीको तर्फबाट रुद्राक्ष माला लगाउनुका साथै बिर गोर्खालीको प्रतिक भोजपुरे खुकुरी उपहार प्रदान गरेका थिए । सो क्रममा पर्यटन मन्त्री कोवसुरटले मन्त्रालयको तर्फबाट पत्रकारको टोलीलाई मायाको चिनो प्रदान गरेका छन् । एक साता व्यापी पर्यटकीय भ्रमण टोलिमा न्युज२४ का प्रदेश १ का प्रमुख तथा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले पत्रकारहरु बैद्यनाथ यादब, नबिन पाण्डे, प्रतिक श्रेष्ठको सहभागिता रहेको थियो ।