तरहरा/नेपाली कांग्रेसका युवा नेता एवम् युवा जागरण अभियानका संयोजक चिन्तन पौडेलले सामाजिक बिकासबाटै राष्ट्रको समृद्धि सम्भब रहेको बताएका छन् । इटहरीमा भएको युवा जागरण अभियानको भेलामा बोल्दै चिन्तनले सो कुरा वताएका हुन ।
सामाजिक बिकासबाटै राष्ट्रको समृद्धि सम्भव छ’ भन्ने मुल नाराका साथ तनहुबाट सुरु गरिएको युवा जागरण अभियान सुनसरी आईपुगेको हो । यूवा नेता पौडेलले युवाहरुको राजनिति प्रति वितृष्णा कम गराउदै राजनितिलाइ सम्मानित बनाउन र सचेत युवा सहितको समाज निर्माण गर्ने हेतुले सबै प्रदेशमा बिशेष प्रशिक्षण कार्यक्रम गरिने बताए ।
राजनिति सामाजिक बिकास र राष्ट्रको आर्थिक समृद्धिका निम्ति केन्द्रित रहनु पर्छ, त्यसका निम्ति युवाका नाममा राजनिति गर्ने तर युवालाई खाडिमुलुक जान बाध्य गराउने नेता प्रति खबरदारि गर्ने गरि एजेन्डा प्रस्तुत गर्न लागेको नेता पौडेलले जोड दिए । उमेरको आधार मात्र होइन, एजेन्डा, बिचार, अनुभब र भिजनका आधारमा राजनिति गरिनुपर्ने, राष्ट्रको अधिकतम लगानि गुणस्तरीय शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, आमुल परिवर्तनका निम्ति गरिनुपर्ने काग्रेसका युवा नेता हेमकर्ण पौडेलले वताए । भ्रष्टाचारको अन्त्यका निम्ति बिभिन्न खाले खबरदारि कार्यक्रम, छलफल थाल्नु पर्छ उनले भने ।
कार्यक्रममा प्रमुख अतिथि सिताराम मेहेताले युवाहरुमा जागरण आउनु जरुरी रहेको वताए । युवाहरुमा जोस देखिनु पर्छ उनले भने । नेपाली काग्रेसका जिल्ला सभापति तथा प्रदेश नम्वर एकका संसदिय दलका नेता राजिब कोईरालले युवाहरु राजनितिक दलहरुको वितृष्णा हटाउँदै युवाहरुलाई देशमै रोजगारको वावातरणमा लाग्नु पर्ने वताए ।
कार्यक्रममा विद्यार्थी नेता शिव रिमाल ,राविज ढुगाना ,भरत गौली,शिव दाहाल लगायतले कार्यक्रममा वोलेका थिए ।