विराटनगर/ नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष तारानाथ दाहाललाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ मोरङ शाखाले शुक्रबार विराटनगरमा एक समारोहको बिच नगद ५१ हजार रुपैया राशिको उक्त पुरस्कारबाट पुर्व अध्यक्ष दहाललाई पुरस्कृत गरेको हो ।

सूचनाको हक अधिकार स्थापित गराउनका लागि अथक पहल गरेको भन्दै एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र राष्ट्रिय सूचना आयोगकी आयुक्त्त यशोदादेवी तिम्सिनाले पुर्व अध्यक्ष दहाललाई दोसल्ला, कदर पत्र र नगद सहित पुरस्कृत गरे ।

पुर्व अध्यक्ष दहालले फ्रिडम फोरम सँस्था मार्फत सूचनाको हक सम्बन्धि कानुन निर्माण गर्न, पुस्तक प्रकाशन गर्न र लुकाएका सुचनाहरु माग गरेर सार्बजनिक गर्न योगदान दिइसकेका छन् । हाल पनि उनि सुचनाको अधिकारकालागि सक्रृय अभियन्ता बनेर देशभर प्रशिक्षण दिने गर्दछन् ।

सोही कार्यक्रममा सुचनाको हक प्रयोग गरेर सुचना माग्ने कार्यमा सक्रृयता देखाएको भन्दै विराटनगरका राजु श्रेष्ठलाई पनि सम्मान गरियो ।

षष्टिका सुचनाको हकको प्रोसान पुरस्कारबाट श्रेष्ठलाई प्रोत्साहन स्वरुप नगद ११ हजार रुपैया सहित सम्मान गरिएको हो ।

कार्यक्रममा प्रदेश १ का आन्तरीक मामिला तथा कानुन मन्त्री कार्की, आन्तरीक मामिला तथा आर्थिक मन्त्री इन्द्र बहादुर आङबो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग वन, तथा वातवरण मन्त्री जगदिश कुसियतले लोकतान्त्रीक स्थापना गर्न सञ्चाकर्मीहरुको भूमिनका उल्लेखिय रहेको बताए ।

नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्की, नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पत्रकारीता ब्यापार भन्दा पनि सेवा भएको बताए । कार्यक्रममा पत्रकार तारानाथ दाहालले खोज मुलक पत्रकारीताको विकासको खाँचो रहेको बताए । उनले प्रबिधिको विकाससँगै सबै परिवर्तन भएकोले पत्रकारीता चुनौतीपुर्ण रहेकोले अहिले देखि नै संवेदनशिल हुनुपर्नेमा जोड दिए । उनले सुचनाको अधिकारको बिषयमा अझै जनताले बुझ्न नसकेको बताउँदै सुचनाको अधिकार पत्रकार, वकिल, सामाजिक ब्यक्तिलाई भन्दापनि जनताको लागि आबस्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा सूचना आयोगकी आयुक्त्त यशोदा तिम्सिनाले सुचनाको हक स्थापित भैसकेपनि अझै नागरिक तहबाट सुचना माग्ने काम सक्रृय रुपले हुन नसकेको बताइन् । उनले सार्बजनिक निकायमा सुचना माग्ने कार्यमा सक्रृयता देखाउन सके राज्य पारदर्शी र भ्रष्टचार मुक्त्त हुने बताइन् ।

पत्रकार महेन्द्र विष्टले लोकतन्त्रको स्थापना सँगै प्रेस स्वतन्त्रताको बिषय अहिले बजार नियन्त्रित हुन खोजेको बताए । विराटनगरबासी केदार बस्नेतले आफनी स्वर्गीय पत्नी सष्टिका बस्नेतको नाममा नेपाल पत्रकार महासंघ मोरंग शाखा मार्फत गत बर्षदेखी उक्त्त पुरस्कार स्थापाना गराएका हुन् ।

सोही अवसरमा धनकुटाका साहित्यकार झमक घिमिरेलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । पत्रकार महासंघको स्थापना दिवसको अवसरमा राधिका ट्रष्टले एक लाख एक हजार एक सय ११ रुपैयाँ नगद उपलब्ध गराएको हो । साहित्यकार झमकको अनुपस्थितमा धनकुटा घर भएका विराटनगरका पत्रकार लिलाबल्लाभ घिमिरेलाई सो रकम हस्तान्तरण गरिएको हो । लिला बल्लभले सो रकम झमकलाई पुर्याउनेछन् ।