सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

‘कृ’ को “उकालीमा पछि-पछि” कपि काण्डपछि यस्तो बनेर आयो (भिडियो सहित)

ब्लाष्ट खबर चैत १८, २०७४ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber

चर्चित चलचित्र ‘कृ’ मा समाबेश गीत उकालीमा पछि पछि बोलको गीतकै कारण सिने क्षेत्रलाइ निकै ततायो । यही गीतमा दुई टुक्रा सम्झना चलचित्रबाट सापटी लिँदा निर्माण युनिटले गीत कपि काण्डमा निकै तनाव झेल्यो । निर्माता सुवास गिरी एक रात हिरासतमा समेत परे भने निर्माता एवं निर्देशन शम्भुलाई ११ लाख क्षतिपुर्ति समेत दिनु पर्यो ।

मिलापत्रमा उल्लेख भए अनुसार गीतमा समाबेश उक्त दुई टुक्रा अंश उकालीमा पछिपछि ओरालीमा अघिअघि उक्त शब्दलाई काट्नु पर्ने थियो । सम्झौता बमोजिम निर्माण युनिटले आफनो गीतबाट उक्त शब्द हटाएको छ भने नयाँ भिडियो पनि समाबेश रिलिज गरेको छ । आजै अपलोड गरिएको नयाँ गीतको बोल ‘ढुकढुकी बढ्छ मेरो’ राखिएको छ भने भिडियोमा चल दृश्य नभई तस्बिरहरु राखिएको छ ।गीतको बाँकी अंश पुरानै रहेपनि ‘उकालीमा अघिअघि’ वाक्यको ठाउँमा ‘ढुकढुकी’ राखिएको छ ।

गीतमा अल्मोडा राना उप्रेती र सविन एकतारेको शब्द र अल्मोडाको स्वर तथा संगित रहेको छ । गीतका संगितकार अलमोडा राना उप्रेतीले यो गीत पहिले नै बनाएका थिए तर निर्माता भुवन केसीले आफनो अभिनय रहेको सम्झना चलचित्रमा समाबेश गीत उकालीमा पछिपछि भन्ने स्थायी राख्न अनुरोध गरेपछि निर्माण युनिटले ढुकढुकी बोलको साटो उकालीमा पछिपछि लाईन राख्न लगाएको थियो । शम्भु प्रधानसंग अनुमती नलिईकन गीत बनाएको कारण निर्माण युनिट आलोचित हुनु परेको थियो । पुरानो गीत भने युट्युवबाट हटाईएको छ ।

[embed]https://youtu.be/FhkGrNolX3U[/embed]
यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार