विजयपुर/धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले चीनको सांस्कृतीक तथा आर्थिक बिकासको प्रसंसा गर्दै धरानपनि सांस्कृतीक तथा आर्थिक बिकासको गति हासिल गर्न लागिपरेको बताएका छन् । उनले चिन सरकारको वान बेल्ट वान रोडको अवधारणा दू्रत गतिमा कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन् ।
आईतबार धरान आईपुगेकी गणतन्त्र चीनका राजदूत यु होङसँगको भेटवार्तामा मेयर सुब्बाले चीनका नाकाहरुबाट नेपाल र चीनबीचको आवातजावत सहज बन्दै दुई देशबीचको व्यापार प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास लिएको बताका छन् ।
बिगतको सम्बन्धलाई स्मरण गर्दै मेयर सुब्बाले धरान र चीनको कुनै उपयुक्त सहरबीच मितेरी सम्बन्ध स्थापित गर्न सकिने र उक्त सम्बन्धबाट मानवीय क्षमता विकास,ब्यापारीक सम्बन्धमा सौहर्दता रहनेमा विश्वास व्यक्त गरे ।
भेटवार्तामा बोल्दै राजदुरत होङले नेपाल र चीनबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताइन । उनले मुलुकमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावसंगै संघीय सरकारले पूर्णता पाएको प्रति खुशी व्यक्त गरिन् ।
उनले धरान उपमहानगरको स्वागतले आफुलाई हर्षित बनाएको पनि बताईन ।उनले धरानको सांस्कृतीक तथा आर्थिक बिकासको लक्ष्य पुरा हुने विश्वासपनि गरिन । कार्यक्रममा धरान उपमहानगरपालिकाकी डेपुडी मेयर मञ्जु भण्डारी,कार्यपालिका सदस्य तथा जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
तस्विर विकास चाम्लिङ राई