भद्रपुर राष्ट्र सेवक सहकारी संस्था लिमिटेड भद्रपुरले आफ्नो १९ औं स्थापना दिवस तथा ६१ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमका साथ मनाइएको छ ।

भद्रपुर नगरपालिका १० नम्बर वडा कार्यालय चन्द्रगढीको सभाहलमा आइतबार आयोजित कार्यक्रममा संस्थाले जेष्ठ सदस्य, छात्रवृति वितरण र उत्कृष्ट सदस्य सम्मानसहित कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाले यसबर्ष जेष्ठ सदस्यतर्फ शिवराज भट्टराई र महेन्द्रकुमारी पोखरेललाई सम्मानपत्रले सम्मानित गरेको थियो । त्यसैगरी शेयर सदस्यको सन्ततीको तर्फ कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने छात्रातर्फ आश्मा सापकोटा, आश्था सापकोटा, तेजश्वी न्यौपाने र छात्रमा सुवाष पौडेललाई नगदसहित पुरस्कृत गरिएको थियो । त्यस्तै इश्वरलाल कर्ण, रामप्रसाद नेपाल, शान्ति तामाङ, नरेन्द्र आचार्य र देवका पोखरेललाई उत्कृष्ट शेयर सदस्यबाट सम्मानित गरिएको थियो ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष बशिष्ठ अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पेशागत महासंघ प्रदेश नम्बर १ का संयोजक देवराज कार्की, नेपाल निजामति कर्मचारीहरुको आधिकारीक टे«ड युनियनका झापा अध्यक्ष लक्ष्मी गुरागाई, नेपाल निजामित कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेल र प्रकाश कृषि सहकारी संस्थाका अध्यक्ष चुडामणि मैनालीले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष डिल्लीराम ढकालले राखेको कार्यक्रमको सञ्चालन सचिव शेषराज पौडेलले गरेका थिए ।