झापा । झापाको गौरीगन्ज गाउँपालिका-३ दन्तकाली बस्ने २८ बर्षिया निमथोकी शेर्पाको आइतबार आफ्नै श्रीमानको कुटाईबाट ज्यान गएको छ।

उनलाई ३० बर्षिय श्रीमान पासाङ शेर्पाले बेलुका ७ बजेतिर घरायसी बादबिबाद हुँदा काठको मुडाले टाउकोमा प्रहार गरी गम्भिर घाइते बनाएका थिए। घाइते शेर्पालाई उपचारकोलागी लाईफ लाईन अस्पताल दमक ल्याइएकोमा उपचारको क्रममा बेलुका ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगन्जले जनाएको छ।

कुटपिट गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।