लक्ष्मीमार्ग । गत फागुन २० गते साँझ ५ बजे बेलबारी ९ का ७२ बर्षीय फुदन ऋषिदेब पक्राउ परे । उनलाई पक्राउ गर्नु पर्ने कारण थियो बालीकालाई जबरजस्ती करणी । अन्दाजी १३ बर्षीय वालीकालाई जवरजस्ती करणी गरेको अभियोगमा उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । म्याद थप गरेर प्रहरीले अनुसन्धान गरी रहेको जनाएको छ । उनले बिगत २ बर्ष देखी बृद्धभत्ता थापीरहेका थिए । उनि एक होटलमा काम गर्ने गर्थे भने त्यही होटलमा ति बालीका समेत काम गर्ने गर्थीन ।

त्यस्तै बेलबारी ५ का टेक बहादुरले पनि २०७४ बैशाख देखी पटक पटक एक छिमेकी बालीकालाई करणी गरेको अभियोगमा पक्राउ परी रहेका छन । लिम्बुका दुई छोरा र २ छोरी तथा श्रीमती समेत घरमै रहेका छन । ४१ बर्षीय लिम्बु श्रीमती तथा छोरीका साथमा आफनै घरमा बस्दै आएका थिए । १२ बर्षीय वालीकालाई जवरजस्ती करणी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गर्यो । बिभिन्न लोभ लालज देखाएर गत बैशाख देखी पाँच पटक सम्म वालीकालाई करणी गरेको प्रहरीको बयान बाट खुलेको छ । लिम्बुलाई चैत्र १६ गते पक्राउ गरेको र म्याद थप गरेर अनुसनधान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामजी कट्वालले बताए । टेक बहादुरले मादक पदार्थ सेवन गरी पटक पटक करणी गर्ने गरेको प्रहरीको बयान बाट खुलेको छ । केहि समय अघि चिसाङ खोलाको बगरमा गोठालो गएको समयमा सात वर्षीय बालीका बलत्कार भएको प्रहरीले जनाएको छ ।

जवरजस्ती करणीका घटना दिन प्रतिदिन बढ्दै गईरहेका छ । आर्थीक लेन्देनमा गाँउ घरमै यस्ता घटना मिल्ने गरेका छन । गरीबि तथा चेतनाको अभाबका कारण करणीका घटना बढी रहेका छन । अशिक्षाले करणीका घटनामा १२–१३ बर्षका बालीका परिरहेका छन । अधिकाश जबरजस्ती घटनामा ४० बर्ष भन्दा माथिका उमेर समुहका पुरुषहरु रहेको प्रहरीले जनाएको छ । धेरैजसो यस्ता घटना जाँड रक्सीको कारणले भईरहेको प्रहरीको बझाई छ । अधिकास घरेलु मदिरा उत्पादन उत्तरी मोरङमै हुनेगरेको र जगली क्षेत्र पनि धेरै भएकोले उत्तरी मोरङका बालीका असुरक्षीत बन्दै गईरहेको देखीन्छ ।

जबरजस्ती करणी उद्योग तथा करणी गरेका प्रस्ट खुल्दा खुल्दै समेत मिलापत्र गराउन आउने गरेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामजी कट्वालले बताए । सुन्दर हरैचाकी एक अधबैशे महिलाले जबरजस्ती करणी गरेको उजुरी दिएकै दिन प्रहरीले एक जना पुरुषलाई नियन्त्रणमा लियो । तर त्यसको दुई दिन नबित्दै ति महिलाका बुबा भाई श्रीमान लगायतका आफन्तहरु आएर केहि नगरेको भन्दै मिलापत्र गर्न आएको बताए । स्वास्थय परिक्षण गराउनु पर्ने प्रहरीले बताए पछि उनिहरुले प्रहरीलाई दबाब समेत दिए । अहिले उक्त घटना अदालतले हेरीरहेको छ ।