तरहरा /सुनसरीको वराह नगरपालिका वडानम्वर ११ मधुबनका आगलागी पिडितहरुलाई सहयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । आगलागी पिडितहरु समस्यामा परेको भन्दै विभिन्न संघसंस्थाहरुले आर्थिक सहयोग गरीरहेका छन । पूर्व अर्थमन्त्री समेत रहेका प्रतिनिधि सभाका संसद ज्ञानेन्द्र बहादुर कार्कीले आगलागी पिडितहरुलाई सहयोग गदै आएका छन ।
पूर्व अर्थमन्त्री कार्कीको पहलमा आगलागी भएको क्षेत्रमा विशेष आर्थिक सहयोग अभियान चलेको साविक नेपाली काग्रेस सुनसरी क्षेत्रनम्वर ६ का सभापति उपेन्द्र कटुवालले वताए । कटुवालले भने कार्कीको विशेष पहलमा हामीले आर्थिक सहयोग अभियानलाई निरन्तरता दिएका छौ । पहिला चामल दाल लगायतका आधारभुत आवश्यकता पुरा गरेको र अहिले भौतिक तथा आर्थिक सहयोग गर्ने काम भएको क्षेत्रीय सभापति कार्कीले वताए ।
सोमबार आगलागी पिडित क्षेत्रका ५० घर परिवारलाई एक घर बराबर दुई बण्डील जस्तापाता,,सय केजी चामल,१० केजी दाल ,पाँच लिटर तेल,४ वटा ब्लयान्केट, ४ वटा झुल तथा अन्य सामाग्री गरी करीव एक परिवारलाई ३५ हजार बराबरको आर्थिक सहयोग गरेको उनको भनाई थियो । तेस्रो चरणको अर्को कार्यक्रम समेत रहेको भन्दै अझै उनीहरुलाई आर्थिक सहयोग गदै जाने क्षेत्रीय सभापति कटुवालले वताएका छन ।