मोरङ/मोरङको पथरीशनिश्चरे नगरको प्रमुख समस्यामध्येको डाँस खोला कटान तटवन्धका लागि नगरपालिका कार्यालयको आर्थिक व्यवस्थापनका वडा नम्वर १० मा चारजालीबाट २७ वटा स्पर निर्माणको काम थालिएको छ ।

मंगलवार एक कार्यक्रमबीच नगर प्रमुख दिलिपकुमार राई, वडा सदस्य मैनादेवी आचार्य फुयाँल, अनोज घिमिरे, इन्जिनियर कृष्णप्रसाद कोइरालाले तटवन्ध कार्यको शिलान्यास गरेका छन् ।

नगरपालिका कार्यालयको ५५ लाख तथा उपभोक्ताको ८ लाख २५ हजार गरी ६३ लाख २५ हजार रुपैयाँको लागतमा ऐयावारीतर्फ १९ वटा र जिरिखिम्तीतर्फ ८ वटा स्पर रहने छन् । वडाको सिरान पशुपतिनगर क्षेत्रमा ४३ मिटर पक्की वाल समेत निर्माण गरिने निर्णय भएको उपभोक्ता समिति अध्यक्ष अर्जुन भट्टराईले जनाए ।