विराटनगर विराटनगरका पत्रकार नविनचन्द्र कर्णलाई उत्कृष्ठ सहकारी पत्रकारीता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

डिभिजन सहकारी कार्यालय मोरङले ६१ औं राष्ट्रिय सहकारी दिवसका अवसर पारेर मंगलबार विराटनगरमा एक समारोहको बिच पत्रकार कर्णलाई पुरस्कृत गरिएको हो ।

कर्णलाइ प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले पाँच हजार नगद राशी र सम्मान पत्र सहित पुरस्कृत गरेका थिए ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री घिमिरे सहकारीका माध्यमबाट आर्थिक विकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले सबै नागरिकले अनिवार्य रुपमा सहकारीमा आबद्ध हुने वातावरण बनाउन जरुरी रहेको बताए ।

सहकारी अभियानले ग्रामिण भेगका जनता सम्मको आर्थिक विकासमा सहयोग पु¥याउनुका साथै सामाजिक सद्भाव समेत कायम राख्न महत्वपुर्ण भुमिका खेलेको उनको भनाई छ । त्यस्तै कार्यक्रममा बोल्दै सहकारी महासंघका संचालक रमेश पोखरेलले रेमीट्यान्सको भरमा चलिरहेको हाम्रो मुलुकको दिगो विकासका लागि सहकारीले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउँदै सहकारीमा युवा सहभागितामा बृद्धि गर्न जरुरी रहेको औंल्याए ।