काठमाडौं । दिल्लीबाट काठमाडौं आउने पर्यटक बसमा एक करोड भन्दा बढि मूल्यको रक्तचन्दन फेला परेको छ ।
काठमाडौँबाट दिल्ली चल्ने टुरिष्ट बसहरुमा विभिन्न प्रकारका अवैध सामानहरु राजस्व छलि दिल्लीबाट काठमाडौँ आउदै गरेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार कलंकी चोकमा चेक प्वाईन्ट राखी उक्त बसलाई चेक गर्दा भाँडा बनाएको १० किलो ७७५ ग्राम र मालामा प्रयोग गर्न बनाएको १३०२ दाना ९४७० ग्राम रक्त चन्दन बरामद भएको थियो ।
प्रहरीले उक्त बसको हुटको तल माथि, दायाँ, बायाँ फल्स बटम बनाई राखेको कुर्था टप्स २९८८ थान, कुर्था सुरुवाल ६० थान, सिल्क साडी १४३ थान, सिल्क बनारसी साडी ६४ थान, सिफन साडी ६९ थान, लेडिज सेन्डिल १८ जोर, जेन्स सर्ट २१० थान तथा विजुलीका सामान बोर्ड कभर १० थानमा रहेको २० बट्टा, थ्री प्लक १० थानमा रहेको ४० बट्टा, फोर प्लक सकेट ५ थानमा रहेको १० बट्टा, टुप्लक २० थानमा रहेको ८ बट्टा, स्विच २० थानमा रहेको ४० बट्टा समेत बरामद गरेको थियो ।
प्रहरीले काठमाडौं नैकाप बस्ने ४१ वर्षीय झिल्केमान रुम्वा ९चालक० र बुटवल घर भई हाल नैकापमै बस्ने २५ वर्षीय सुजन पुन ९सहचालक० लाई पक्राउ गरेपनि उनीहरुले रक्तचन्दन कसको हो भन्ने आफूलाई जानकारी नभएको बताएका छन् ।
रक्तचन्दनसहित पक्राउ परेका दुवै जनालाई जिल्ला वन कार्यालय काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।