सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-१ बस्ने ४० बर्षिया राजकुमारी राईको बुधबार भिरबाट खसेको ढुङगाले लागेर मृत्यु भएको छ।

घरबाट अन्दाजी १ घण्टा तल भैसिटाइस्को जगंलमा विहान ८ बजेतिर घाँस काटिरहेको अवस्थामा उनलाई माथिबाट खसेको ढुङ्गाले लाग्दा घटनास्थलमै मृत्यु भएको जनाकारी प्राप्त भएको छ।

घटनास्थलामा प्रहरी चौकी छेस्का तथा इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको छ।