काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एवं एसएसपी दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् । प्रहरीको मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यत्ति हत्यासम्म गराएको विषयमा उनी छनबिनमा परेका हुन् । सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो छानबिन समितिले बिहीबार महाशाखा प्रमुख एसएसपी लोहनीलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराएर छानबिन गर्न पत्राचार गरेको छ ।
३३ किलो सुन प्रकरणमा प्रहरी नै छानबिनमा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































