मधुमल्ला/सञ्चार क्लब नेपाल उर्लाबारीको आयोजना तथा उर्लाबारी नगरपालिकाको सहयोगमा दुई दिने सूचना प्रविधि तालिम सञ्चालन गरिने भएको छ ।

क्लबका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । तालिममा पूर्वी मोरङका पत्रकारहरुको सहभागिता रहने जनाइएको छ । यसैबीच नयाँ बर्ष २०७५ को अवसरमा मिक्लाजुङ गाउँपालिकाको सहयोगमा मिक्लाजुङ वडा नं. ७ को बेतिनीमा बाढी पीडितहरुका लागि स्वास्थय शिबिरका साथै शुभकामना आदनप्रदान कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, नयाँ बर्षको क्यालेण्डर प्रकाशनबाट बचत भएको रकमबाट पत्रकार उपचार कोष स्थापना गर्ने निर्णय भएको महासचिब किशोर श्रेष्ठले जानकारी दिएका छन् ।