पाँचथर/पाँचथरको कुम्मायक गाउँपालिकामा १ दिने बनडढेलो नियन्त्रण ब्याबस्थापन योजनाको कार्यान्वयन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

स्थानिय जनभवनमा भएको कार्यक्रमा कुम्मायक गाउँपालिकाका १९ वटा सामुदायिक बनका प्रतिनिधिहरुको सहभागी रहेको थियो । कुम्मायक गाउँपालिका आगलागिको जोखिम क्षेत्र भएकाले पनि आगलागी नियन्त्रणको लागि योजनाहरु सामुदायिक बनहरुले बनाउँनु पर्ने तालिमका सहभागी हरुलाई जानकारी दिएको थियो । सुःखा मैसम सुरु भएसंगै कार्यालयले कुम्मायक गाउँपालिकामा रहेका सबै समुदायिक बनहरुमा सचेतनामूलक गोष्ठी, तालिम, र अन्तरक्रिया गर्दै आएको छ । बन संरक्षण गर्नको लागि अग्नी रेखा तयार गर्नु पर्ने, सामुदायिक बनहरुले जनचेताना अभिबृद्धि गर्नु पर्ने लगाएतको बिषयमा इलाका बन कार्यालयका यासोक प्रमुख सुरेन्द्र कुमार कार्की सहभागीहरुलाई जनचेतना अभिबृद्धि गराएका थिए ।

त्यस्तै सामुदायिक बन उपभोत्ता महासंघ पाँचथरका अध्यक्ष देवि न्योपानेले परार्यवरणीय क्षेत्रलाई हरावरा बनाउँको लागि बन संरक्षण अपरिहार्य भएको भन्दै । महासंघले प्रकोप नियन्त्रण, बनमा पाईने जरुबुटीको संरक्षणको पाटोमा सामुदायि बनहरुलाई सकृय बनाउँदै आएको बताए । उनले जिल्लाका १ सय ७६ सामुदायिक बनलाई सकृय बनाउँन साझा उपभोत्ता माहासंघको रुपमा काम गर्दै आएको बताए । सोही कार्यक्रमा टठ बहादुर घिमिरे अध्यक्ष रहेको ९ सदशिय कुम्मायक गाउँपालिका स्तरीय सामुदायिक बन उपभोत्ता समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा लाल बहादुर सम्बाहाम्फ,े सचिव, कल्पना खड्का, सहसचिव कृष्ण प्रसाद चोम्लागाई लगायत रहनु भएको छ ।

कार्यक्रमा इलाका बन कार्यालयका प्रमुख सुरेन्द्र कुमार कार्की, सामुदायिक बन उपभोत्ता महासंघ पाँचथरका अध्यक्ष देवि न्योपाने सोही संस्थाका सचिव राजेन्द्र प्रसाद काफ्ले, कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ लगायतका अथितिहरुले हरियो बन नेपालको धनलाई स्थानिय स्तरबाटै संरक्षण गनुपर्नेमा जोड दिएका थिए ।